Back

लेखक :

डील्लीप्रसाद घिमिरे 

बिद्यालय  व्यवस्थापन  समितिका पुर्व अध्यक्ष

 

 

 

ललितपुर जिल्लाको मध्य दक्षिण पहाडी गाउँको नाम हो शङ्खु । जिल्लाको सदरमुकामबाट करिब ३० कि.मी. को दुरीमा अवस्थित छ रमणीय शंखु गाउँ मानव बस्तीका हिसाबले ऐतिहासिक स्थलका रूपमा चिनिंदै आएको भए पनि शङ्खु २०४० को दशकसम्म पनि शैक्षिक क्षेत्रको विकासका दृष्टिले निकै पछाडि परको थियो। गाउँमा पढेलेखेका मानिसहरू नगन्य थिए । गाउँमा विद्यालय नहुनु तथा शिक्षाको आवश्यकता बोध हुने चेतना अभावका कारण पनि शङ्खु गाउँ शैक्षिक क्षेत्रमा पछाडि पर्दै आएको थियो। शङ्खुमा २०३५/२०३६ सालमा देशमा भएको राजनीतिक उतार चढावबाट विस्तारै चेतना जागरण आउन थालेको थियो । तत्कालीन अवस्थामा शङ्खु गाउँ क्षेत्रबाट म सहित ६ जना गोटिखेलमा रहेको श्री महाङ्काल माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने विद्यार्थी थियौ । त्यतिबेलाको समाजमा शिक्षाको महत्त्व स्थापित भएको थिएन। छोराछोरीले किताब-कापी बोकेर स्कुल जानुभन्दा खेतीपाती र घाँसपात गरेकै उत्तम मानिन्थ्यो । साधारणतः परिवार र समाजबाट पढ्नुपर्छ भन्ने प्रेरणा कमै पाइन्थ्यो। कतिपय साथीहरूले बिचमा पढाइ छोडेर खेतीपाती गर्नुपर्यो । त्यसताका समाजमा छोरीहरूले स्कुल गएर पढ्ने कुरा त धेरै टाढाको विषय थियो । गाउँघरमा स्कुल जाने छोरीहरूको सङ्ख्या नगन्य थियो । हालको मगरगाउँ माध्यमिक विद्यालय स्यालभन्ज्याङमा तत्कालीन प्राथमिक विद्यालयका रूपमा अर्थात् कक्षा ५ सम्म सञ्चालित थियो । विद्यालयमा त्यतिबेला भवन, कक्षाकोठा, शैक्षिक सामग्री, फर्निचरलगायतका भौतिक पक्ष अत्यन्त कमजोर अवस्था थियो । विद्यालयको स्तर उन्नतिको आवश्यकता पनि खड्किएको थियो । कक्षा ७ सम्मको अनुमति लिएर निम्न माध्यमिक विद्यायलय बनाउन पनि विद्यालयमा भौतिक सुविधा बढाउनै पर्ने बाध्यात्मक अवस्था थियो ।

 

भौतिक सुविधाहरू वृद्धि, भवन तथा कोठा थप र शैक्षिक सामग्री थप गर्न स्रोत व्यवस्थापन गर्न आर्थिक सङ्कलन अभियान सञ्चनलन गर्ने निधो भयो । विद्यालय परिवारले समुदायबाट अभियानमा विशेष सहयोगको अपेक्षा राखेको थियो । खास गरेर यसमा हामी बाहिर पढिरहेका विद्यर्थी यस अभियानमा सामेल भइरहेका थियौँ । गाउँमा त्यतिबेला कक्षा ७ सम्म पढाइ हुने व्यवस्थालाई धेरै ठुलो उपलब्धिका रूपमा लिंदै निम्न माध्यमिक विद्यालय स्थापनार्थ आर्थिक सङ्कलनको अभियान नै चलाउने योजना बनाइएको थियो । योजना अनुसार नै २०३८ सालको मङ्सिर महिनामा हामी अगुवाहरूको समूहले विद्यालयको यो जनामा एक महिनासम्म देउसी भैलो खेलेर आर्थिक सङ्कलनको अभियान पूरा गरियो । मानिसहरूसँग नगद स्रोत नहुने भएकाले धेरै सहयोगीहरूले विद्यालयलाई सहयोग स्वरूप अन्न दान गर्नुभएको थियो ।

 

गाउँको स्कुललाई नि.मा.वि. मा स्तरोन्तिका लागि सहयोग जुटाउने काममा सामेल हुँदै गोटिखेलमा अध्ययन गर्न जाने काम आफैमा कठिन थियो। अर्कोतर्फ एक महिनापछि हुने १० कक्षाको सेन्टअप परीक्षा र फागुन महिनामा सन्चालन हुने  एस. एल. सी. परीक्षामा सामेल हुनुपर्ने विद्यार्थीका लागि महिनौ लामो देउसी भैलोमा सहभागिता चुनौतीपूर्ण नै थियो। तर माध्यमिक शिक्षाका लागि खाजा सामलका भारी बोकेर स्कुल जानुपर्दाको कठिनाइका समयमा गाउँमै माध्यमिक तहको विद्यालय हामीहरूको एउटा ध्येय बनिसकेको थियो ।

 

हाम्रो प्रयत्नले मगरगाउँ प्रा.वि. लाई स्तरोन्नति गर्न स्वीकृत पाउनेमा निश्चिन्तता भने थिएन । त्यसको कारण थियो स्थानीय युवा पुस्ता पञ्चायतको पक्षमा नहुनु तथा गाउँमा तत्कालीन व्यवस्थाको भरपर्दो नेतृत्वको अभाव । स्कुल खोलेपछि शिक्षक र विद्यार्थीले पञ्चायत विरोधी राजनीति फैलाउँछन् भन्ने भयले पञ्चायती शासन व्यवस्था ग्रसित थियो । जेनतेन २०३८ सालमा मगरगाउँ प्रा. वि. लाई नि. मा. वि. स्तरको कक्षा ७ सम्मको अनुमति प्राप्त भएपछि नि. मा. वि. अर्थात् कक्षा ७ सम्मको पठनपाठन गाउँमा नै हुने भयो। माध्यमिक विद्यालय सञ्चालनका लागि भने अझै सपना र सङ्घर्ष बाँकी नै रह्यो ।

 

वि.सं.२०४१ सालबाट गाउँमा कसरी माध्यमिक विद्ययालय स्थापना गर्ने भनेर छलफल र चर्चा गर्न थालियो । कक्षा ७ सम्म अर्थात् निम्न माध्यमिक तहको पठनपाठन २ वर्षदेखि भइसकेकाले पनि माध्यमिक तह त्यतिबेला अहिले जस्तो विद्यालय सञ्चालन खर्च सरकारले व्यहोर्ने व्यवस्था थिएन । अनुमति प्राप्त विद्यालयले शिक्षकको तलव, भवन, फर्निचरलगायतका पूर्वाधारका सबै खर्च विद्यालय स्वयम् वा स्थानीय समुदायले नै व्यहोर्नुपर्दथ्यो । हामी पञ्चायतका विरुद्धमा भूमिगत गतिविधिमा पनि क्रियाशील थियौं । पञ्चायत पक्षधरहरूलाई प्रत्यक्ष वा परोक्ष रूपमा हाम्रा गतिविधिको जानकारी थियो । अर्कातिर पञ्चहरूको बलियो नेतृत्व नभएका कारण शंखुमा माध्यमिक विद्यालयको सम्भावना ज्यादै न्यून थियो |

 

अर्थात् कक्षा ८ देखि १० सम्म सञ्चालन हुने विद्यालय स्थापनाको आवश्यकता र कल्पना स्वाभाविक थियो । गाउँमा सञ्चालित एउटै मात्र निम्न माध्यमिक विद्यालयलाई मा. वि. मा स्तरोन्नति गर्न अनुकूल अवस्था रहेको भए पनि माध्यमिक तह संचालनका लागि विद्यार्थी सङ्ख्या भने कम थियो। विद्यार्थीबाट उठ्ने मासिक शुल्कबाट विद्यालयको खर्च अनिवार्य रूपमा धान्नै पर्दथ्यो। माध्यमिक तहको विद्यालय अनुमति मात्र पाउन पनि पचास हजार रुपियाँ जिल्ला शिक्षा कार्यालयमा धरौटी राख्नैपर्ने व्यवस्था थियो । यो रकम जुटाउन हामीलाई ज्यादै ठुलो चुनौती थियो । जुन काम हामीले सामुहिक प्रयासले पूरा गरेर पार लगायौ। यो विषय स्वयम्‌मा गौरवको कुरा हो।

 

गोटिखेल र भट्टेडाडाँमा केही वर्षअगाडि देखि माध्यमिक विद्यालय सुरु भइसकेको अवस्थामा शङ्खुमा माध्यमिक विद्यालय आराम्भ गर्न न्युनतम विद्यार्थी सङ्ख्या पुन्याउन पनि चुनौतीपूर्ण थियो। त्यतिबेला अहिले जस्तो विद्यालय संचालन खर्च सरकारले व्यहोर्ने व्यवस्था थिएन । अनुमति प्राप्त विद्यालयले शिक्षकको तलव, भवन, फर्निचर लगायतका पूर्वाधारका सबै खर्च विद्यालय स्वयम् वा स्थानीय समुदायले नै व्यहोर्नुपर्दथ्यो। हामी पञ्वायतका विरुद्धमा भूमिगत गतिविधिमा पनि क्रियाशील थियौ। पञ्चायत पक्षघरहरूलाई प्रत्यक्ष वा परोक्ष रूपमा हाम्रा गतिविधिको जानकारी थियो। अर्कातिर पञ्चहरूको बलियो नेतृत्व नभएका कारण शङ्खुमा माध्यमिक

विद्यालयको सम्भावना ज्यादै न्यून थियो। उतिबेला पञ्चहरूको स्थानीय नेतृत्व भरपर्दो र परिपक्क नभई माध्यमिक विद्यालय स्वीकृत पाउने सम्भावना विरलै हुन्थ्यो । विद्यार्थी र शिक्षकले पञ्चायात विरोधी र राजनीति गर्छन् भन्नेमा पञ्चहरू अत्यन्त सचेत थिए। विद्यार्थी र शिक्षकहरूलाई आफ्नो वशमा राख्न सक्ने स्थानीय नेतृत्व नभएको अवस्थामा स्कुल स्वीकृति दिने सम्भावना हुँदैनथ्यो । यस्तै परिवेशका बिचमा २०४७ सालबाट माध्यमिक स्तरको पठनपाठन सुरु गर्ने निधो भयो ।

 

हालको मगरगाउँ मा. वि. त्यतिबेला स्यालभन्ज्याङमा नि.मा.वि. सम्म सञ्चालित थियो । यहाँबाट निम्न माध्यमिक तह उत्तीर्ण गरी तीन ब्याचका विद्यार्थीहरू माध्यमिक तहमा अध्ययनका लागि गोटिखेल गइसके का थिए । पहिलो समूहबाट जाने विद्यार्थीहरूमा कृष्णमान लामालगायतका विद्यार्थीले एस.एल.सी परीक्षासमेत उत्तीर्ण गरिसकेका थिए। गाउँमा शिक्षित स्थानीय युवाहरूको सङ्ख्या बढिरहेको थियो । संगठित युवाहरूको समूहमा सरसल्लाह गरेपछि गाउँका धेरै समस्या समाधान हुने गर्दथ्यो। प्रत्यक्ष परोक्ष रूपमा युवाहरूले नेतृत्वदायी भूमिका खेलेका हुन्थे । गाउँमा अहिले जस्तो सबै बालबालिका स्कुल जानै पर्छ भन्ने चेतना नभएकाले विद्यार्थी सङ्ख्याको अभाव थियो । माथिल्लो तहका पञ्चहरू र प्रशासनको दर्विलो प्रतिनिधि नरहेको गाउँको रूपमा चिनिंदै थियो । शड् खुमा पढेलेखेका युवाहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको थियो । पञ्च प्रतिनिधिहरू र युवाहरूका बिचमा भित्री रूपमा आपसी समझदारी बन्दै गइरहेको थियो । पूर्व तथा बहालवाला प्रधानपञ्चहरू र स्थानीय युवाहरूको सार्वजनिक मामिलामा प्रायः एउटै मत हुने गर्दथ्यो। जिल्लाबाट हरेक पक्षमा पञ्चयाती शासनबाट पक्षपात हुन थालेको र जिल्लाको प्राथमिकतामा नरहे को गाउँका रूपमा शङ्खु चिनिन थालेको थियो ।

 

वि.सं. २०४४ सालबाट माध्यमिक तहको विद्यालय संचालन गर्ने पूर्व तयारी स्वरूप आर्थिक व्यवस्था जनशक्ति, भौतिक व्यवस्था, कानुनी तथा संस्थागत प्रकृयाहरू पूरा गर्नुपर्ने भयो। यसै क्रममा हामीले जिल्लाका तत्कालीन शक्ति केन्द्र र नेतृत्व तहमा रहेका जिम्मेवार व्यक्तिहरूलाई यस्तो कुरा सुनाउँदा मा.वि. सञ्चालन अनुमति माग गर्दा नकारात्मक जबाफ कति पायौ पायौ। यसको लेखाजोखा गरी साध्य छैन। एक जना शक्तिशाली पञ्चसँग उहाँकै घरमा स्व. गिरेन्द्रराज लामा र म विद्यालय सञ्चालनका बारेमा कुराकानी गर्न गएका थियौ। हामीले गाउँमा माध्यमिक विद्यालय खोल्न योजना बनाउँदै छौं। त्यसको सहयोगका लागि अनुरोध गर्न आएका भनेर बतायौ। उनले कहाँ स्कुल ? किन स्कुल ? थाहा छ, स्कुल चलाउन कति गाह्रो छ ? भन्ने जस्ता थुप्रै प्रश्न तेस्र्याउँदै हामीलाई हतोत्साही बनाउने भरमग्दुर कोसिस गरे । भूमिगत स‌ङ्गठनबाट परिचालित हामीमा पनि अत्यत आत्मविश्वास र प्रतिबद्धता थियो। हामीले जानेसकेको तर्क र प्रतिवादको प्रयास गर्यौ। तर हाम्रा कुरामा उनले सहमति जनाएनन् । बरु उल्टै गाउँका केटाकेटी बिगार्ने काममा नलाग, आफ्नो काम गरेर बस भन्ने जस्ता सल्लाह दिँदै हामीलाई फर्काए। उनले हामीलाई सम्झाएको भाषामा भन्दै थिए, “गाउँमा स्कुल खोल्नु भनेको गलत मानिस उत्पादन गर्ने थलो बनाउनु हो। यस्तो काममा नलाग । स्कुल पाल्न हात्ती पाल्नुभन्दा गाह्रो हुन्छ।” तर गाउँमा विद्यालय खोल्ने बारेमा यति ठुलो उत्साह थियो कि मा. वि सञ्चालनका लागि जसो परे पनि व्यहोर्ने समाज तयार थियो। हामी समाजको त्यो जोस र उत्साह लिएर हिँडेका थियौ। हामी पछि फर्कने सम्भावना थिएन। गाउँमा उपस्थित भएर हाम्रो समूहको बैठक डाक्यौं । सबै वृतान्त बतायौ, विस्तृत छलफल भयो । स्कुल खोल्ने कुरामा गाउँमा सबैको एकमत थियो। त्यसैले आगाडि बढ्नै पर्छ भन्ने सहमति भयो ।आगामी शैक्षिक सत्रबाट कक्षा ८ को पठनपाठन प्ररम्भ गर्ने र विद्यालय अनुमतिका लागि आवश्यक सबै सर्त र प्रक्रिया पूरा गरेर औपचारिक रूपमा माग गर्ने निर्णय भयो। त्यसका लागि अझै बढी मेहनत गर्ने, कामको योजना बनाउने भन्ने सल्लाह गरियो । तत्कालीन प्रधानपञ्च देवीप्रसाद चौलागाईंको माध्यमिक विद्यालय सुरु गर्ने र आवश्यक तयारीका लागि जस्तो सुकै चुनौती उठाउन तयार रहने दह्रो  प्रतिबद्धता थियो । यस प्रक्रियामा उहाँको सकारात्मक भूमिका थियो। स्थानीय समुदायको दरिलो साथ र समर्थन थियो । आवश्यक स्रोत साधन जोहो गर्न सकिन्छ । मा.वि. अनुमति पाउँदा राम्रै हुन्छ। अनुमति नपाए पनि सिङ्‌गो समुदायसँगै हुन्छौं । हामीले पहल निरन्तर जारी राख्ने हो भन्ने निष्कर्ष निकाल्यौँ । त्यसै अनुसार काम गर्दै योजना अगाडि बढाइयो ।

तत्कालीन नियमअनुसार समुदायबाट विद्यालय संचालन गर्न र अनुमति पाउन एकमुष्ठ रु. ५० हजार नगद जिल्ला शिक्षा कार्यालयमा धरौटीबापत् राख्नुपर्ने नियम थियो । धरौटीका अलावा अनुमति अवधिमा दुई जना शिक्षकको तलब तथा पारिश्रमिक समेत समुदायले नै ब्यहोर्नु पर्दथ्यो । गाउँलेको भेलामा यस्ता विषयमा विस्तृत छलफल गरियो । सबै काम तथा जिम्मेवारी आपसमा बाँडफाँड गरेर वहन गर्ने भन्ने योजना तय भयो । सोही अनुसार अगाडि बढाउने क्रममा हामीले स्रोत व्यवस्थापनको कामलाई निम्न लिखित भागमा वर्गीकरण पनि गरेका थियौं :

१. शङ्खुका प्रत्येक घर परिवारबाट रु. १६० रुपियाँका दरले आर्थिक सहयोग सङ्कलन गर्ने,

२. गाउँमा रहेका सबै नियमित तलब बुझने कर्मचारीले एक महिनाको तलब विद्यालयका लागि सहयोग स्वरूप दिने,

३. काठमाडौं उपत्यकामा आर्थिक साहायता सङ्कलन गर्ने,

४. आसपासका क्षेत्रका विद्यालयहरूसँग सहयोग तथा सापटीका लागि अनुरोध गर्ने,

५. दलचोकी र इकुडोलका लागि विद्यालय पायकपर्ने भएकाले त्यस क्षेत्रका समुदायसँग सहकार्य गर्ने र उनीहरूलाई पनि आर्थिक तथा अन्य सहभागिता गराउने,

६. अन्य स्रोत पहिचान गरी तिनको परिचालन गर्ने योजना बनाउने ।

कामलाई व्यवस्थित तरिकाले सम्पादन गर्न दुई भागमा विभाजन गरेर कार्यान्वयन गर्न सजिलो हुने महसुस गरी निम्न लिखित दुई भागमा योजना विभाजन गरी कार्यान्वयन गरेका थियौ

स्थानीय काम

विद्यालयको दैनिक सञ्चालन र पठनपाठनलाई पहिलो प्राथामिकतामा राखियो । ७ जना शिक्षकबाट कक्षा ९ सम्मको नियमित र गुणस्तरीय पठनपाठन आफैमा चुनौतीपूर्ण नै थियो । शिक्षकहरूले स्वतस्फुर्त रूपमा जिम्मेवारी लिनुभयो । शिक्षकहरू स्व. गिरेन्द्रराज लामा, र रत्नाहरी सञ्जेल, कुमार सिं लामा, स्व. गङ्गाजित लामा, अर्जुनप्रसाद घिमिरेलगायत सबै शिक्षकहरूको विशिष्ट जाँगर, इच्छा शक्ति र लगनशीलताबाट असम्भव काम पनि सम्भव हुँदोरहेछ भन्ने उदाहरण सार्थक भयो । यो महाँअभियानमा लाग्ने सबै शिक्षकहरू धन्यवादका पात्र हुनुहुन्छ । आज पनि समाजलाई त्यस किसिमको निष्ठा र प्रतिबद्धता आवश्यक छ। उहाँहरूको अथक मिहिनेतविना हामीले बाहिरबाट मात्र जतिसुकै प्रयास गरेपनि सफलता सम्भव थिएन । शिक्षकहरूले कुशलतापूर्वक गुणस्तरीय पठनपाठन गराउनुभयो । आजको मगरगाउँ माध्यमिक विद्यालयको शैक्षिक आधार त्यही नै हो । त्यो पुस्ताका शिक्षकहरूको जतिसुकै प्रशंसा गरे पनि अपुग हुन्छ । यहाँ न कुनै कामको बोझको सवाल थियो न कुनै गुनासो वा सेवा सुविधाका माग थिए। केवल साझा लक्ष्य, राम्रो र नतिजामुखी पढाइको ध्येय थियो । त्यसै अनुसार एसएलसी परीक्षामा पहिलो वर्ष नै राम्रो नतिजा आयो । सबै जनाले खुसी साटासाट गर्दाको क्षण अविस्मरणीय छ ।

पठनपाठनको अलावा विद्यालयको जिम्मामा प्रत्येक घरबाट रु. १६० र काठमाडौं उपत्यकामा यथासक्य आर्थिक सङ्कलन गर्ने उद्देश्य बनाएका थियौं। घर घर मा पुगेर सहयोग सङ्कलन गर्ने काम पनि शिक्षकहरूले गर्नुभयो । यस क्रममा करिब २५० परिवारबाट सहयोग सङ्कलन भएको थियो। सङ्कलित रकममा काठमाडौं उपत्यकामा सङ्कलन भएको रकम जोड्दा पनि धरौटी राख्न आवश्यक रकम नपुग भयो। अपुग रकम ३५०० (अक्षरेपी तीन हजार पाचसय रुपियाँ) श्री कालीदेवी नि.मा.वि. (हालको कालीदेवी माध्यमिक विद्यालय प्युटार) बाट तत्कालीन प्रधानाध्यापक गिरेन्द्र लामा र निलध्वज लामाको पहलमा सापटी लिन सफल भयौ । त्यहाँको विद्यालय व्यवस्थापनमा बेलबहादुर लामा हुनुहुन्थ्यो । यसमा उहाँहरूको पारिवारिक सम्बन्धले पनि धेरै ठुलो काम गरेको थियो। अब धरौटी राख्ने रकम जोहो भयो। जिल्ला शिक्षा कार्यालयले तोके को खातामा ५०,००० (अक्षरेपी पचास हजार रुपियाँ) धरौटी पनि राखियो। धरौटी रकमलाई मुद्धती खातामा राखेर ब्याज पाउने व्यवस्था जिल्ला शिक्षा कार्यालयले गरिदिँदा हामीलाई ठुलै राहत भयो। धेरै वर्ष पछिसम्म सो रकमबाट विद्यालयले ब्याज आम्दानी गर्दै थियो । विद्यालयको अनुमतिका लागि औपचारिक दरखास्त बुझाइयो । अनुमति आउने अझै ग्यारेन्टी भने भएन । जिल्लामा निर्णय गर्नेहरूसम्म हाम्रो राजनीतिक पहुंच कमजोर हुनाले हामीलाई यस्तो परिस्थिति आएको कुरा हामीलगायत स्थानीय अभिभावकहरूलाई पनि जानकारी थियो । प्रभावशाली पञ्चस्तरका मानिसले यतिको काम किनारा लगाउने कुरा सामान्य थिएन ।

आर्थिक सहयोग सङ्कलन र अनुमति सरकारी निकायबाट विद्यालय सञ्चालन गर्न अनुमति प्राप्त गर्ने र काठमाडौं उपत्यकामा आर्थिक सहयोग सङ्कलन गर्ने दोस्रो महत्वपूर्ण काम थियो । बैठकल दोस्रो कामको जिम्मेवारी म स्वयमलाई दिईयो गाउँमा पनि एक सरो सहयोग सङ्कलन भइरहेको थियो । क्षेत्रीय शिक्षा निर्देशनालयबाट अनुमति पाउन धरौटीबापतको रकम दाखिला गर्नुपर्ने सर्त आयो । साथीभाइहरूबाट सरसहगोग लिँदै उपत्यकामा आर्थिक सङ्कलनका लागि धेरैतिर प्रयास गरियो । हामीले आर्थिक सहयोग सङ्कलनका क्रममा राम्रो सहयोग पनि पायौं। सबै कुरा यहाँ स्मरण गर्न सम्भव भएन तर पनि आर्थिक सङ्कलन गर्न मलाई निरन्तर राय सल्लाह दिनु हुने सुरेन्द्रमोहन शर्मा, सहयोगीहरूसम्म पुग्न तथा सहयोग जुटाउन प्रत्यक्ष सहयोग पुर्याउने संसद्का पूर्व महासचिव सूर्यकिरण गुरुङलगायतका व्यक्तित्वहरू धन्यवादका पात्र हुनुहुन्छ । सूर्यकिरण गुरुङसँग सामाजिक विकासका बारेमा हामी छलफल पनि गरिरहन्थ्यौं। एक दिन उहाँसँग हामीले विद्यालय खोल्न गरेको पहल सविस्तार बतायौं। विस्तृत कुरा – सुनेपछि उहाँले खुलेर हाम्रो प्रशंसा गर्नुभएको थियो । आर्थिक सहयोग सङ्कलनको पहल, धरौटीका लागि रकम अभाव, भवन निर्माणको आवश्यक्ता जस्ता विषयमा विस्तृत कुरा सुनाएँ । त्यसपछि मलाई अलिक शान्ति मिल्यो । अर्को दिनको भेटमा आफूले के कसरी सहयोग गर्न सक्छु भन्ने बारे धेरै कुरा उहाँले भन्नुभएन तर सहयोग त गर्नैपर्ने हो भन्दै दिन तोकेर पुतली सडक आउनुहोस्, प्रयास गरौंला मात्र भन्नुभयो । गोजीमा सहयोग रसिद प्याड बोकेर म उहाँले भने को दिन पुतली सडक स्थित फ्रिडेल ल फर्ममा पुगें । उहाँले केही वकिलहरू र उहाँका केही साथीभाइहरू बोलाउनुभएको रहेछ । सबैलाई म चिन्दैन थिएँ । उहाँले सबैलाई क्रमशः चिनाउनुभयो । सबै जना लोकतन्त्रवादी वकिलहरू हुनुहुँदो रहेछ । मेरो अभियान पनि उहाँले नै वर्णन गरिदिनुभयो । भेलामा विश्वकान्त मैनाली, दमननाथ ढुङगाना, सुवाष नेम्वाङ लगायतका वकिल र ल फर्ममा काम गर्ने कर्मचारीबाट रु. ४,५०० आर्थिक सहयोग सङ्कलन भयो । मेरा लागि त्यो क्षण अत्यन्त ठुलो सफलताको क्षण भयो । यसले गर्दा काम गर्न थप उत्साह प्राप्त भयो । स्कुलमा यो खबर पठाएँ । साथीहरूको हौसलाको सीमा रहेन । उपत्यकामा आर्थिक सहयोग सङ्कलन गर्ने काम जारी नै रह्यो । थप सहयोगी हातबाट समेत सङ्कलन भएको १३,००० र केही चानचुन रकम एकै पटक लगेर विद्यालयमा बुझाएँ। यसबाट विद्यालयको अनुमतिका लागि अब धरौटी राख्न सकिन्छ भन्ने अवस्था सिर्जना भयो ।

शिक्षकहरूको तलब पनि नियमित दिन सकिने भयो । गाउँबाट पनि आर्थिक सङ्कलन भई रहेको थियो । नगद दिन नसक्नेले आफ्नो गच्छेअनुसार  मकै पनि सहयोग दिनुभयो । विद्यालयमा नि.मा.वि. तथा प्रा.वि गरेर ६ जना शिक्षकहरू हुनुहुन्थ्यो । हामीले १ जना निजी स्रोतमा शिक्षक व्यवस्था गरेका थियौं । शिक्षकहरूमा भएको जोस, जाँगर र सर्मपण अवर्णनीय थियो । ७ जना शिक्षकले १० कक्षासम्म सीमित कक्षाकोठा र भौतिक सुविधाका बाबजुद फलामे ढोका भनिने एसएलसी परीक्षामा पहिलो ब्याच २०४९ साल अर्थात् पहिलो वर्षनै ५० प्रतिशत नतिजा हासिल गर्न सफल भइयो । तुलनात्मक हिसाबमा त्यो समयमा यो नतिजा धेरै राम्रो हो। मेहनती शिक्षकहरू र विद्यालय व्यावस्थापन समिति सधैंभरि धन्यवाद र बधाईका पात्र हुनुहुन्छ । विद्यालयले अनुमति नपाएको भए विद्यालयको भविष्य के हुने भन्ने ठुलो चुनौती थियो । यस्तो जटिल अवस्था आएमा महाङ्काल माध्यमिक विद्यालय गोटिखेलले यहाँ अध्ययनरत विद्यार्थीलाई परीक्षामा सहभागी गराइदिने कुरासमेत भएको थियो । संयोग भन्नुपर्छ, २०४६ सालमा पञ्चायाती व्यवस्था ढल्यो । हामी सबै प्रजान्त्रन्त पक्षधर अगुवाहरूका लागि राज्य संयन्त्रमा केही पहुँच सहज भयो र कक्षा ८ र ९ को अनुमति सायद एकै पटक प्राप्त भयो । विद्यालयले वैधतता प्राप्त गर्यो । हाल श्री मगरगाउँ माध्यमिक विद्यालय जिल्लामा परिचित विद्यालयको रूपमा स्थापित छ ।

विद्यालय स्थानान्तरण तथा व्यवस्थापन गाउँको शैक्षिक विकास उचित हिसाबले व्यवस्थापन गर्नु हाम्रो अर्को चुनौतीको काम थियो । शैक्षिक विकास सबैको साझा सरोकार र चासोको विषय थियो । शिक्षा क्षेत्रको विकासका लागि आवश्यक पर्ने  आर्थिक स्रोत, व्यवस्थापकीय ज्ञान र क्षमता अनि शैक्षिक जनशक्ति, भौतिक पूर्वाधार र माध्यमिक स्तरको विद्यालय स्थापना तत्कालीन परिवेशमा सहज थिएन । भएका विद्यालयहरू सबै बस्तीलाई पायक पर्ने ठाउँमा स्थानान्तरण, स्तरोन्नति, पूर्वाधार विकास जस्ता विविध कामहरूका साथै माध्यमिक विद्यालयमा स्तरोन्नतिका लागि विद्यालयलाई गाउँको पाएक पर्ने स्थानमा सार्ने काम गर्नेपर्ने थियो। मगर गाउँ निम्नमाध्यमिक विद्यालय व्यवस्थापन समिति, विद्यालय परिवार र वरिपरिको समुदायको चित्त दुखाइ नहुने अवस्था सृजना गर्नुपर्ने थियो । सन्तुलन नमिले मा आशा गरिएको बृहत् स्थानीय सहभागिता न्यून हुने र अन्तरविरोध सृजना भएर विद्यालय स्थापना गर्ने यो जना नै अप्ठ्यारोमा पर्न सक्ने खतरा पनि थियो ।

स्थापनाको हिसाबले २०३० सालमा स्थापित यस गाउँको दोस्रो विद्यालय हालको श्री मगरगाउँ माध्यमिक विद्यालय स्यालभन्ज्याङमै थियो । हालको सरस्वती मा.वि. २०१७ सालमा पनि स्यालभन्ज्याङमा स्थापना भएको थियो । गाउँको माझ पार्ने भनेर २०१८ सालमा सरस्वती प्रा. वि. लाई मानेचौरमा लगिएको रहेछ। २०३० सालमा पुनः मानेचौरबाट श्री सरस्वती प्रा.वि. लाई विद्यार्थी कम भएको भन्दै भैरवस्थानमा सारियो । यद्यपि भैरवस्थान विद्यालय राख्न त्यति उपयुक्त स्थान थिएन । स्यालभन्ज्याङ क्षेत्रका लागि दुरीका हिसाबले पनि अपायक पर्दथ्यो ।

यस्तै समयमा २०२६ सालमा स्यालभन्ज्याङमै स्थानीय अगुवा अविभावक स्व.लापन दोर्जे लामा लगायतका अग्रजहरूले पुनः श्री उज्ज्वल प्राथमिक विद्यालय सुरु गर्नुभयो । २०२८ सालसम्म समुदायको आफ्नै स्रो तबाट विद्यालय सञ्चालन गर्ने प्रयास भएको रहेछ । समुदायको पहलमा सुरु गरिएको विद्यालयको सबै खर्च स्थानीय समुदाय अर्थात् अभिभावकले व्यहोर्नु पर्ने व्यवस्था रहेछ। स्व. लवन दोर्जे लामाको अगुवाइमा यसरी दोस्रोपटक स्यालभन्ज्याङमा विद्यालय सञ्चालन गर्ने प्रयास भएको थियो। सरकारको कुनै सहयोग नभएको हुनाले चौरमा पठनपाठन गर्नुपर्थ्यो भनेर तत्कालीन शिक्षक कृष्णप्रसाद घिमिरे बताउनुहुन्छ । त्यति बेलाको आर्थिक तथा सामाजिक अवस्थामा समुदायलाई आफ्नै स्रोतमा विद्यालय धान्न मुस्किल हुँदै गयो । स्थानीय स्रोतबाट मात्र खर्च धान्न नसके पछि करिब २ वर्ष जति सञ्चालन भई उज्ज्वल प्रा. वि. बन्द हुनुपर्यो । यतिकैमा चित्त बुझाएर समुदाय र हन सकेन। स्व. लापन दोर्जे लामाको नेतृत्वमा थलराज घिमिरे, सोमनाथ सञ्जेल, मानबहादुर स्याङ्वा, हरि प्रसाद बजगाई लगायतको अथक प्रयासबाट २०३० सालमा स्यालभन्ज्याङमा तेस्रोपटक अर्को विद्यालय स्थापना भयो । २०३० सालमा सरकारी स्वीकृतिनै पाएपछि श्री मगरगाउँ प्राथमिक विद्यालय स्थापना भयो । यसरी एउटा अधक प्रयासबाट स्यालभन्ज्याङमा प्राथामिक विद्यालय सञ्चालनमा आएको थियो। यो नै आजको मगरगाँउ माध्यमिक विद्यालयको प्रथम खु‌ड्किलो या जग थियो। विद्यालय विकास हुँदै २०३८ सालमा सोही विद्यालय नि.मा.वि. मा स्तरउन्नति भयो।

विद्यालयलाई नि.मा.वि स्तरोन्नति गर्न देउसी भैली जस्ता कार्यक्रम हाम्रो विद्यार्थी जीवनकालमा २०३७ सालमा पहिलो पटक गरियो। त्यति बेला कक्षा ८ देखि १० सम्म माध्यमिक तह हुने व्यवस्था थियो। २०४४ सालमा जब गाउँमा माध्यमिक विद्यालय स्थापनाको विचार विमर्श सुरु भयो हामीलाई पनि कक्षा ७

यो विद्यालय यताउता दनशील भइसकेको थियो। बाध्यता थियो माध्यमिक बिचमा राख्नुपर्ने । अनि गर्ने कुरा ज्यादै संवे तर हाम्रा अगाडिको विद्यालयलाई गाउँको मगरगाउँ नि. मा. वि.. कानुनी हैसियत पूरा भएको विद्यालय भएकाले हामीले निर्ममतापूर्वक छलफलका लागि समुदायमा विषय कुरा खुलस्त पार्यो। सबैले प्रवेश गरायौं। सबै महसुस गर्नुभयो । भयो । समजदारी विकाससम्म चलेको विद्यालय आवश्यक भयो । प्रस्तावित माध्यमिक विद्यालय हुन केही खास आधारहरू आवश्यक हुन्थ्यो। जो शङ्खु क्षेत्रमा स्यालभन्ज्याङमा रहेको मगरगाउँ नि.मा.वि. सँगमात्र थियो । मा.वि. तहका लागि प्रस्ताव गर्न योग्य नि.मा.वि. थियो । छोटो समयमा परिपक्व नि.मा.वि. र मा.वि. प्रस्ताव गर्न आवश्यक शैक्षिक तथा कानुनी आधार पूरा गर्ने तत्कालीन सञ्चालक समितिका अध्यक्ष लापन दो र्जे लामा, प्र.अ. केदारप्रसाद तिमल्सिनालगायत व्यवस्थापन समितिका सबै सदस्यहरू धन्यवादका पात्र हुनुहुन्छ। तर फेरि पनि स्यालभन्ज्याङ गाउँको बिचमा नपर्ने भएको आवाज उठन थाल्यो। सबैको पायक हुनेगरी गाउँको बिचमा विद्यालय स्थापना गर्दा मात्र सबैको सहभागिता र सहयोग हुने नत्र विद्यालय सञ्चालनमा कठिनाइ आउने भएकाले अब कसै गरी माध्यमिक विद्यालय मानेचौरमा स्थापना गर्नु आवश्यक थियो । माने चौर गाउँको बिचमा पर्ने, प्रशस्त जग्गा पनि भएको स्थान थियो। माध्यमिक विद्यालय मानेचौरमा हुँदा शङ्खु, दलचोकी र इकुडोलका केही भागलाई समेत पायक पनि पर्ने र कक्षा ७ चलेकाले ८ कक्षामा जान सक्ने यही विद्यालय मात्र थियो। अब समस्या आयो, स्थानीय अभिभावकले मेहनत र परिश्रम गरेर तेस्रो पटमा हुर्काउँदै आएको स्कुल मानेचौरमा स्थानान्तरण गर्दा ती अभिभावक, बासिन्दा र व्यवस्थापन समितिमा रहनेका लागि राम्रो लाग्ने भएन । चित्त बुझने कुरा पनि थिएन । दोस्रोपटक उहाँहरूले उज्जवल प्राथमिक विद्यालय पनि स्थापना गरेर स्रोतसाधान अभाव भएपछि बन्द गर्नु परेको थियो।

आर्थिक सहयोग सङ्कलन गर्ने काम जारी नै रह‌यो । थप सहयोगी हातबाट समेत सङ्कलन भए‌को १३,००० र केही चानचुन रकम एकै पटक लगेर विद्यालयमा बुझाएँ। यसबाट विद्यालयको अनुमतिका लागि अब धरौटी राख्न सकिन्छ भन्ने अवस्था सिर्जना भयो ।

शिक्षकहरूको तलब पनि नियमित दिन सकिने भयो । गाउँबाट पनि आर्थिक सङ्कलन भई रहेको थियो । नगद दिन नसक्नेले आफ्‌नो गच्छेअनुसार मकै पनि सहयोग दिनुभयो । विद्यालयमा नि.मा.वि. तथा प्रा. वि गरेर ६ जना शिक्षकहरू हुनुहुन्थ्यो । हामीले १ जना निजी स्रोतमा शिक्षक व्यवस्था गरेका थियौ । शिक्षकहरूमा भएको जोस, जाँगर र सर्मपण अवर्णनीय थियो । ७ जना शिक्षकले १० कक्षासम्म सीमित कक्षाकोठा र भौतिक सुविधाका बाबजुद फलामे ढोका भनिने एसएलसी परीक्षामा पहिलो ब्याच २०४९ साल अर्थात् पहिलो वर्षनै ५० प्रतिशत नतिजा हासिल गर्न सफल भइयो । तुलनात्मक हिसाबमा त्यो समयमा यो नतिजा धेरै राम्रो हो। मेहनती शिक्षकहरू र विद्यालय व्यावस्थापन समिति सधैंभरि धन्यवाद र बधाईका पात्र हुनुहुन्छ । विद्यालयले अनुमति नपाएको भए विद्यालयको भविष्य के हुने भन्ने ठुलो चुनौती थियो। यस्तो जटिल अवस्था आएमा महाङ्काल माध्यमिक विद्यालय गोटिखेलले यहाँ अध्ययनरत विद्यार्थीलाई परीक्षामा सहभागी गराइदिने कुरासमेत भएको थियो। संयोग भन्नुपर्छ, २०४६ सालमा पञ्चायाती व्यवस्था ढल्यो । हामी सबै प्रजान्त्रन्त पक्षधर अगुवाहरूका लागि राज्य संयन्त्रमा केही पहुँच सहज भयो र कक्षा ८ र ९ को अनुमति सायद एकै पटक प्राप्त भयो । विद्यालयले वैधतता प्राप्त गयो । हाल श्री मगरगाउँ माध्यमिक विद्यालय जिल्लामा परिचित विद्यालयको रूपमा स्थापित छ।

विद्यालय स्थानान्तरण तथा व्यवस्थापन गाउँको शैक्षिक विकास उचित हिसाबले व्यवस्थापन गर्नु हाम्रो अर्को चुनौतीको काम थियो । शैक्षिक विकास सबैको साझा सरोकार र चासोको विषय थियो । शिक्षा क्षेत्रको विकासका लागि आवश्यक पर्ने आर्थिक स्रोत, व्यवस्थापकीय ज्ञान र क्षमता अनि शैक्षिक जनशक्ति, भौतिक पूर्वाधार र माध्यमिक स्तरको विद्यालय स्थापना तत्कालीन परिवेशमा सहज थिएन । भएका विद्यालयहरू सबै बस्तीलाई पायक पर्ने ठाउँमा स्थानान्तरण, स्तरोन्नति, पूर्वाधार विकास जस्ता विविध कामहरुका साथै माध्यमिक विद्यालयमा स्तरोन्नतिका लागि विद्यालयलाई गाउँको पाएक पर्ने स्थानमा सार्ने काम गर्नेपर्ने थियो। मगर गाउँ निम्नमाध्यमिक विद्यालय व्यवस्थापन समिति, विद्यालय परिवार र वरिपरिको समुदायको चित्त दुखाइ नहुने अवस्था सृजना गर्नुपर्ने थियो । सन्तुलन नमिले मा आशा गरिएको बृहत् स्थानीय सहभागिता न्यून हुने र अन्तरविरोध सृजना भएर विद्यालय स्थापना गर्ने यो जना नै अप्ठ्यारोमा पर्न सक्ने खतरा पनि थियो ।

स्थापनाको हिसाबले २०३० सालमा स्थापित यस गाउँको दोस्रो विद्यालय हालको श्री मगरगाउँ माध्यमिक विद्यालय स्यालभन्ज्याङमै थियो। हालको सरस्वती मा. वि. २०१७ सालमा पनि स्यालभन्ज्याङमा स्थापना भएको थियो। गाउँको माझ पार्ने भनेर २०१८ सालमा सरस्वती प्रा. वि. लाई मानेचौरमा लगिएको रहेछ। २०३० सालमा पुनः मानेचौरबाट श्री सरस्वती प्रा.वि. लाई विद्यार्थी कम भएको भन्दै भैरवस्थानमा सारियो । यद्यपि भैरवस्थान विद्यालय राख्न त्यति उपयुक्त स्थान थिएन। स्यालभन्ज्याङ क्षेत्रका लागि दुरीका हिसाबले पनि अपायक पर्दथ्यो ।

यस्तै समयमा २०२६ सालमा स्यालभन्ज्याङमै स्थानीय अगुवा अविभावक स्व. लापन दोर्जे लामा लगायतका अग्रजहरूले पुनः श्री उज्ज्वल प्राथमिक विद्यालय सुरु गर्नुभयो । २०२८ सालसम्म समुदायको आफ्नै स्रो तबाट विद्यालय सञ्चालन गर्ने प्रयास भएको रहेछ। समुदायको पहलमा सुरु गरिएको विद्यालयको सबै खर्च स्थानीय समुदाय अर्थात् अभिभावकले व्यहोर्नु पर्ने

व्यवस्था रहेछ। स्व. लवन दोर्जे लामाको अगुवाइमा यसरी दोस्रोपटक स्यालभञ्ज्याङमा विद्यालय सन्वालन गर्ने प्रवास भए‌को थियो। सरकारको कुनै सहयोग नभए‌को हुनाले चौरमा पठनपाठन गर्नुपथ्यों भनेर तत्कालीन शिक्षक कृष्णप्रसाद घिमिरे बताउनुहुन्छ । त्यति बेलाको आर्थिक तथा सामाजिक अवस्थामा समुदायलाई आफ्नै स्रोतमा विद्यालय धान्न मुस्किल हुँदै गयो । स्थानीय स्रोतबाट मात्र खर्च धान्न नसके पछि करिब २ वर्ष जति सञ्चालन भई उज्ज्वल प्रा. वि. बन्द हुनुपयो । यतिकैमा चित्त बुझाएर समुदाय र हन सकेन । स्व. लापन दोर्जे लामाको नेतृत्वमा थलर ाज घिमिरे, सोमनाथ सञ्जेल, मानबहादुर स्याङ्वा, हरि प्रसाद बजगाई लगायतको अथक प्रयासबाट २०३० सालमा स्यालभन्ज्याङमा तेस्रोपटक अर्को विद्यालय स्थापना भयो । २०३० सालमा सरकारी स्वीकृति पाएपछि श्री मगरगाउँ प्राथमिक विद्यालय स्थापना भयो । यसरी एउटा अथक प्रयासबाट स्यालभन्ज्याङमा प्राथामिक विद्यालय सञ्चालनमा आएको थियो। यो नै आजको मगरगाँउ माध्यमिक विद्यालयको प्रथम खु‌ड्किलो या जग थियो । विद्यालय विकास हुँदै २०३८ सालमा सोही विद्यालय नि.मा.वि. मा स्तर उन्नति भयो ।

विद्यालयलाई नि.मा.वि स्तरोन्नति गर्न देउसी भैली जस्ता कार्यक्रम हाम्रो विद्यार्थी जीवनकालमा २०३७ सालमा पहिलो पटक गरियो। त्यति बेला कक्षा ८ देखि १० सम्म माध्यमिक तह हुने व्यवस्था थियो। २०४४ सालमा जब गाउँमा माध्यमिक विद्यालय स्थापनाको विचार विमर्श सुरु भयो हामीलाई पनि कक्षा ७

यो विद्यालय यताउता दनशील भइसकेको थियो। बाध्यता थियो माध्यमिक बिचमा राख्नुपर्ने । अनि गर्ने कुरा ज्यादै संवे तर हाम्रा अगाडिको विद्यालयलाई गाउँको मगरगाउँ नि. मा. वि. नै कानुनी हैसियत पूरा भएको विद्यालय भएकाले हामीले निर्ममतापूर्वक छलफलका लागि समुदायमा विषय प्रवेश गरायौं । सबै कुरा खुलस्त पार्यौ । सबैले समजदारी विकास महसुस गर्नुभयो । आवश्यक थियो। माने भयो ।

साम चलेको विद्यालय आवश्यक भयो। प्रस्तावित माध्यमिक विद्यालय हुन केही खास आधारहरू आवश्यक हुन्थ्यो। जो शत्रु क्षेत्रमा स्यालभन्ज्याङमा रहेको मगरगाउँ नि.मा.वि. सँगमात्र थियो । मा.वि. तहका लागि प्रस्ताव गर्न योग्य नि.मा.वि. थियो । छोटो समयमा परिपक्व नि.मा.वि.मा.वि. प्रस्ताव गर्न आवश्यक शैक्षिक तथा कानुनी आधार पूरा गर्ने तत्कालीन सञ्चालक समितिका अध्यक्ष लापन दो र्जे लामा, प्र.अ. केदारप्रसाद तिमल्सिनालगायत व्यवस्थापन समितिका सबै सदस्यहरू धन्यवादका पात्र हुनुहुन्छ। तर फेरि पनि स्यालभन्ज्याङ गाउँको बिचमा नपर्ने भएको आवाज उठन थाल्यो । सबैको पायक हुनेगरी गाउँको बिचमा विद्यालय स्थापना गर्दा मात्र सबैको सहभागिता र सहयोग हुने नत्र विद्यालय सज्वालनमा कठिनाइ आउने भए‌काले अब कसै गरी माध्यमिक विद्यालय मानेचौरमा स्थापना गर्नु चौर गाउँको बिचमा पर्ने, प्रशस्त जग्गा पनि भएको स्थान थियो। माध्यमिक विद्यालय मानेचौरमा हुँदा शङ्खु, दलचोकी र इकुडोलका केही भागलाई समेत पायक पनि पर्ने र कक्षा ७ चलेकाले ८ कक्षामा जान सक्ने यही विद्यालय मात्र थियो। अब समस्या आयो, स्थानीय अभिभावकले मेहनत र परिश्रम गरेर तेस्रो पटमा हुर्काउँदै आएको स्कुल मानेचौरमा स्थानान्तरण गर्दा ती अभिभावक, बासिन्दा र व्यवस्थापन समितिमा रहनेका लागि राम्रो लाग्ने भएन । चित्त बुझने कुरा पनि थिएन। दोस्रोपटक उहाँहरूले उज्जवल प्राथमिक विद्यालय पनि स्थापना गरेर स्रोतसाधान अभाव भएपछि बन्द गर्नु परेको थियो ।

यस पटकमा आफूले विकास गर्दै गरेको विद्यालय स्वीकारला वरिपरिका शिक्षाप्रेमीका लागि कार्य विषय भएन । यो विद्यालय बताउता गर्ने राज्यादै संवेदनशील भइसकेको थियो तर हा अगाडिको बाध्यता थियो माध्यमिक विद्यालयलाई गाउँको बिचमा राख्नुपर्ने। अनि मगरगाउँ नि. मा. वि. नै कानुनी हैसियत पूरा भए‌को विद्यालय भएकाले हामीले निर्ममतापूर्वक छलफलका लागि समुदायमा विषय प्रवेश गरायौं । सबै कुरा खुलस्त पायौ। सबैले महशुस गर्नुभयो । समजदारी विकास भयो। धन्य हुनुहुन्छ स्थानीय अभिभावकहरू र सामाजिक अगुवाहरू । उहाँहरू विद्यालय स्थाननन्तरण गर्ने कुर ामा सहमत हुनुभयो । आजको समयमा हो भने तेस्रो पटकको पहलमा ८ कक्षा चलेको, आफूले विकास गरे को आँगनको विद्यालय अर्को गाउँमा पठाउन कति सम्भव होला ? समाज र अगुवाबिच दृढ विश्वास र एकताले सम्भव गरायो। स्यालभन्ज्याङमा रहेको मगरगाउँ नि. मा. वि मानेचौरमा स्थानान्तरण गर्ने र भूमी थुम्कामा रहेको श्री सरस्वती प्रा. वि. हालको श्री सरस्वती मा.वि. लाई पुन २०१७ सालमा जहाँ स्थापना भएको थियो सोही स्थान स्यालभन्ज्याङमा स्थानान्तरण गर्ने निधो गरियो ।

समाजमा देखिएको असन्तुष्टि र मन दुखाइलाई व्यवस्थापन गर्न हामीलाई हम्मेहम्मे भएको थियो। विद्यालय स्थानान्तरण गरियो। शिक्षकहरू विद्यालयको आवश्यकताअनुसार सरुवा तथा मिलान गरियो । स्यालभन्ज्याङमा रहने सरस्वती प्रा. वि. लाई भविष्यमा मा.वि.मा स्तरोन्नति गर्न प्रयास गर्ने सङ्कल्प पनि गरियो । यस अन्तर्गत स्यालभन्ज्याङमा पनि मा. वि. स्कुलका लागि दोस्रो चरणमा पहल गर्ने भन्ने सहमति त्तकालीन व्यवस्थापन समितिसँग भएको थियो। तर जब सरस्वती नि.मा.वि.लाई मा. वि. स्तरमा उन्नति गराउने पहल भयो। मगरगाउँ मा.वि.का तर्फबाट के ही असन्तुष्टि प्रकट भएको भए पनि भन्डै १२ वर्ष

पछाडिको समय र पुस्तान्तरणका कारण विगतका सबै सहकुराहरू बिगिएका र संस्थागत हितका खातिर किसिमका धारणाहरू आए‌का हुन सक्छन् । नजिकै आवश्यक पर्दैन भन्ने धारणा आउँदा म स्वयम् श्री मगरगाउँ मा.वि सन्यालक समितिको अध्यक्षको जिम्मेवारीमा थिएँ। मेरो धारणा सरस्वती नि.मा.वि.लाई पनि मा.वि. बनाउने पहलमा साथ दिनु पर्दछ भन्ने र‌ह्यो । अन्त्यमा सरस्वती मा.वि. पनि अनुमतिमा सञ्चालन हुँदै माध्यमिक विद्यालयमा स्तरो म्नति भई सञ्यालन भइरहेको छ । सफल माध्यमिक विद्यालयको रुपमा स्थापित भएको छ । मगर गाउँ माध्यमिक विद्यालयलाई एउटा सफल शैक्षिक संस्थाको रूपमा विकास गर्दै निरन्तर रूपमा शैक्षिक ने तृत्व गर्ने प्रधानाध्यापकहरू सुवर्णमेहेर कायस्थ, केदार प्रसाद तिमल्सिना, स्व, गिरेन्द्रराज लामा, रत्नहरि सब्जे ल, स्व. एकनाथ ढकाल, राजकुमार थापा र वर्तमान प्रधानाध्यापक फूलघ्ज लामालगायत सम्पूर्ण शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको योगदन अतुलनीय र अविस्मरणीय छ ।

विद्यालय भवन निमार्णको पहल

स्यालभन्ज्याङमा सञ्चालन भइरहेको मगरगाउँ माध्याकि विद्यालयलाई तत्कालीन वडा नं. ५ को मानेचौरमा स्थानान्तरण गरेर सञ्चालन गर्ने निर्णयमा त पुगियो । स्यालभन्ज्याङमा भइरहेको विद्यालय भवन पनि अत्यन्त जीर्ण अवस्थाको थियो। नयाँ भवन निर्माण गरेर मात्र मानेचौरमा विद्यालय सञ्चालन गर्न सकिने अवस्था थियो। खाली चौरमा पठनपाठन कल्पना गर्न सकिने कुरा भएन। तत्काल स्रोत जुटाउन पनि हाम्रो क्षमता थिएन। विद्यालयसँग पनि कुनै स्रोत नभएको र तत्कालीन गाउँ विकास समितिसँग पनी कुनै आर्थिक स्रोत थिएन। विद्यालय भवन निर्माण गर्न थोरै लागतले पुग्ने कुरा भएन। विद्यालय सञ्चालनका लागि आवश्यक भवन र सुविधा तत्काल व्यवस्था गर्नुपर्ने भयो। विद्यालयको दैनिक सञ्चालन खर्च धान्नपनि मुस्किलै थियो। धरौटीका लागि हामीले सङ्कलन गरेको रकम नपुग भएकाले स्व. गिरेन्द्रराज लामा र निलध्वज लामाको पहलमा कालीदेवी नि.मा.वी. प्युटारबाट रु. ३,५०० आऋण सापटीसमेत लिइसकेका थियौ। अब सबै जनाको भवन निर्माणका लागि बाह्य स्रोत खोजी गर्नुपर्छ भन्ने राय देखियो। धेरैतिर पहल, प्रयत्न पनि गरियो र मेरा कलेज पढ्ने साथीभाइको सम्पर्क मार्फत् काठमाडौं स्थित क्यानेडियन सहयोग नियोगसम्म पुगियो । प्रस्तावित भवनको नक्सासमे त तयार गरी सहयोगका लागि प्रस्तावना (प्रपोजल) दिएका थियौ। स्थलगत निरीक्षणमा जानुपर्ने भयो भनेर खबर आयो। शङ्खु जाने मोटर बाटो टिकाभैरवसम्म मात्र थियो । नल्लु खोलाबाट वासुकीसम्म ढुङ्गा बोकने ट्रकहरु चल्ने बगरको बाटो थियो। हामीले पनि त्यही खोलको बाटो जाने र वासुकीमा गाडी छोडेर हिँड्दै जाने निधो गर्यौ। बिहानको करिब नौ बजे को होला हामी वासुकीबाट हिँड्न सुरु गरेका थियौं। बल्ल १ बजे स्यालभन्ज्याङ पुगियो। स्यालभन्याडको त्यो जीर्ण विद्यालय भवन र विद्यार्थी सङ्ख्या देखे पछि त क्यानडियन प्रतिनिधि धेरै सकारात्मक देखिए । केही समय त्यहाँ बिताएपछि प्रस्तावित भवन निर्माण स्थल मानेचौर पनि हेरेर फर्कने कुराभयो र त्यता गयौ “। मानेचौर पुगेर फर्कदा करिब चार बजेको थियो। सूर्य किरणजी, म, मोनिकाजी र एकजना क्यानाडिएन नागरिक थियौँ । फर्किदा सिलिन्ने खोलाको बगरमा झोलामा भएको खानेकुरा खाएर उकालो चढ्दा दलचोकी डाँडामा राती भयो। हामी वासुकी पुग्दा करिब बे लुका ८ बजेको र माघको महिना भएकोले जाडो र अँधेरी रातमा ड्राइभरले एक्लै खोलामा खोलेभूत आउँछ भनेर खानीमा काम गर्ने कसैले भनेकाले उनी हामीहरू नपुगन्जेल बस्न नसकेर टिकाभैरवतिर गाडी लिएर गएछन् । हामी सबै थाकेर लखतरान थियौं। सबै जना भोकाएका पनि थियौ । अहिले जस्तो टेलिफोन सुविधा थिएन । वासुकीमा गाडी छ भन्ने विश्वसमा आएका थियौं। बिहान छोडेको ठाँउमा गाडी नभएपछि २८ । श्री मगरगाउँ माध्यमिक विद्यालय विदेशी चित्त दुखाउँदै चकित भएर आए‌का थिए। जब टिकाभैरवमा ड्राइभरसँग भेट भयो ती विदेशी रिसाउँदा ड्राइभरको सातो गयो। नाजवाफ ड्राइभर नेपालीमा भन्दै थिए अब मेरो जागिर जान्छ। हामीलाई नरमाइलो भयो, मोनिकाजी पनि बोल्नुभएन म र सूर्य किरणजी बाहिर परियो धेरै बोलेनौ । मलाई त भवन निर्माण गर्न सहयोग पाउने आशा मरिसकेको थियो। केही दिनपछि सम्पर्क गर्न बोलाएका थिए। सम्पर्कमा गएको तपाईंहरूको प्रस्ताव क्यानडा पठाएका छौं। उताबाट स्वीकृत भएर आयो भने काम हुन्छ, केही महिना कुर्नुपर्छ भन्ने कुरा तिनै विदेशीले सुनाए। धेरै खुसी पनि लाग्यो भोकभोकै दुःख पाएकोमा मोनिका र ती विदेशीसँग माफी मागे। चार महिनापछि परियोजना स्वीकृत भएको खबर आयो। क्रमशः कामहरु अगाडि बढिरहे। कतिपयलाई त विश्वास पनि भएन । शेषानन्द सञ्जेलको अध्यक्षतामा भवन निर्माण समिति गठन गरियो र निर्माण सम्पन्न गरियो। आजको मगर गाउँ मा. वि. को पहिलो भवन निर्माण भयो। दक्षिण पहाडको पहिलो पक्की भवनले धेरै प्रशंसा पायो । २०४८ सालको आम निर्वाचन भखरै सम्मपन्न भएको थियो। निर्वाचित सांसद श्री मिठाराम शर्माको हातबाट भवन सिलान्यास गराउने तय गरियो र त्यसै अनुसार सिलान्यास भयो। करिब एक वर्षमा भवन निर्माण सम्पन्न भयो। तिनपाने भन्ज्याङ तथा टिकाभैर वदेखि निर्माण सामग्री मानिसले बोकेर ढुवानी गरेर विद्यलय भवन निर्माण भएको हो। पछिल्लो पुस्ताले भौतिक सुधारमा निरन्तर ध्यान दियो। निवर्तमान वडा अध्यक्ष श्री ध्रुव घिमिरे र वर्तमान वडा अध्यक्ष श्री रोहन घलानको भौतिक विकासमा उल्लेख्य भूमिका रहेको छ। आज यो विद्यालय एउटा सफल विद्यालयको रुपमा स्थापित छ। अहिले विद्यालयको भौतिक सुविधा र सुधार हेर्दा गर्व लाग्छ। पटक पटक भौतिक सुविधा विस्तार र विकासमा योगदान गर्ने सहयोगीहरू सबै जना धन्यवादका पात्र हुनुहुन्छ।